Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

बर्डफ्लु देखिएपछि पशु चिकित्सकको टोली सुर्खेतमा

न्युज कारोबार काठमाडौं फागुन ८, २०७७       

बर्डफ्लु देखिएपछि पशु चिकित्सकको टोली सुर्खेतमा

बर्डफ्लु देखिएपछि पशु चिकित्सकको टोली सुर्खेत आएको छ । वीरेन्द्रनगर- १२ का कृषकले पालेका स्थानीय प्रजातिका कुखुरामा बर्डफ्लु देखिएपछि रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न चारजना चिकित्सकको टोली सुर्खेत आएको हो । 

सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली खटिएको छ । निर्देशनालयले पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरेको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ ।

वीरेन्द्रनगर- १२, नौलो टोलका कृष्ण बोहोरा र रतन बोहोराले पालेका कुखुरामा बर्डफ्लु भाइरस देखिएको हो । संक्रमण पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले जानकारी दिएको छ । संक्रमण फैलिने सम्भावनालाई ध्यान दिँदै गरेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका कुखुरा नष्ट गर्ने निणर्य गरेको थियो । वीरेन्द्रनगरको नौलो टोलका कृषकले पालेको २ सय ७९ कुखुरा, १ सय २ परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको प्रमुख डा. कृष्ण पाण्डेले जानकारी दिए ।

सम्बन्धित खबरहरु