nmb bank

गृहपृष्ठ गत २४ घण्टामा २०४८ पीसीआर गर्दा ८८ संक्रमित थपिए, १३६ जना डिस्चार्ज

गत २४ घण्टामा २०४८ पीसीआर गर्दा ८८ संक्रमित थपिए, १३६ जना डिस्चार्ज

गत २४ घण्टामा २०४८ पीसीआर गर्दा ८८ संक्रमित थपिए, १३६ जना डिस्चार्ज

नेपालमा २४ घण्टामा२ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये ३१ महिला र ५७ पुरुष हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

शनिबार थप १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । हाल देशभर १ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ ।

देशभरका २२६ वटा खोप केन्द्रबाट अहिलेसम्म ३ लाख ८३ हजार ३९८ जनालाई कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु