nmb bank

गृहपृष्ठ तराईका केही स्थानमा हुस्सु तथा कुहिरो, चिसोबाट बच्न महाशाखाको आग्रह

तराईका केही स्थानमा हुस्सु तथा कुहिरो, चिसोबाट बच्न महाशाखाको आग्रह

तराईका केही स्थानमा हुस्सु तथा कुहिरो, चिसोबाट बच्न महाशाखाको आग्रह

तराईका केही स्थानमा हुस्सु तथा कुहिरो भएको हुँदा चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज सबैभन्दा बढी चिसो धनगढीमा देखिएको छ । धनगढीमा ११ डिग्री सेल्सियस रहेको छ भने नेपालगञ्ज, भैरहवा र सिमराको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज जनकपुर र विराटनगरको तापक्रम १३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।  अहिले पश्चिम तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको र  अपराह्नपछि सुधार हुने सम्भावना रहेको छ । त्यस्तै मध्य तराईमा सामान्य मौसम रहेको र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको र अपराह्नपछि क्रमिक सुधार हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानको समयमा तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको भए पनि  चिसोपना बढ्ने  संभावना रहेकोले चिसोबाट  बच्ने उपायहरु अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु