न्युज कारोबार
वीरेन्द्रनगर
फागुन ५, २०७७
कर्णाली प्रदेशका नौ जिल्ला कोरोना भाइरसमुक्त भएका छन् । प्रदेशको राजधानी सुर्खेत बाहेकका अन्य नौ जिल्ला कोरोना भाइरसमुक्त भएका हुन् ।
प्रदेश अस्पताल सुर्खेतमा २८ जना सक्रिय संक्रमित रहे पनि डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, मुगु, दैलेख, सल्यान, रुकुमपश्चिम र कालिकोटमा सक्रिय संक्रमितको संख्या नभएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । हालसम्म प्रदेशभर जम्मा ९७ हजार ३ सय ३४ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा ७ हजार ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या भने ३१ जना पुगेको छ । जसमा सुर्खेतका १७, दैलेखका ७, सल्यानका एक, रुकुमपश्चिमका एक, कालिकोटका एक, डोल्पाका एक र अन्य प्रदेशका तीनजना रहेको महाशाखाको तथ्यांक छ । जसमा २२ जना पुरुष र नौजना महिला रहेका छन् ।
मंगलबार प्रदेश अस्पताल सुर्खेतमा नौ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनले सुर्खेत बाहेकका अन्य नौ जिल्लामा हाल कोरोना भाइरसका सक्रिय संक्रमित नरहेको बताएका हुन् ।
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६