न्युज कारोबार
काठमाडौं
फागुन ५, २०७७
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कारपछि हत्यामा संलग्न रहेको आरोपमा उनकै सहपाठी पक्राउ परेका छन् । भागरथीको गएको माघ २२ गते स्थानीय लवलेक जंगलमा बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
लामो समयदेखि अनुसन्धानमा खटिएको प्रहरीले मंगलबार राति भने एक जना स्थानीय किशोर प्रकाउ परेको जनाएको छ । १७ वर्षीय दिनेश भट्टले बलत्कारपछि हत्या गरेको प्रहरीले सञ्चारमाध्यमलाई जानकारी दिएको छ । सोही विद्यालय सनातन धर्म माविमा कक्षा ११मा अध्ययनरत दिनेश भट्टनै पारिवारिक कारणले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीले भनेको छ, ‘दिनेशलाई हामी सुरु देखिनै निगरानी गरिरहेका थियौँ । उसको गतिबिधि संकास्पद थियो, उसको परिवारको भागरथीको परिवार लगायत अन्य घरपरिवारसंग पनि रिसिबि रहेछ । यसअघि उसका साथै उसको घरका मान्छेले दैनिक वयान परिवर्तन गरिरहेका थिए । तर मंगलबार दिनेश आफैंले बलत्कारपछि हत्या गरेको स्वीकार गर्दै घटना कसरी भयो भन्ने सबैकुरा खोली सकेको छ ।’
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९