Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

'संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला'

न्युज कारोबार काठमाडौं फागुन ३, २०७७       

'संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला'
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले नेकपाको विवादका कारण कांग्रेसमा समेत समस्या आइरहेको बताए । 'जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानुन ?' उनले प्रश्न गरे । अदालतमा विचाराधीन मुद्दाको विषयमा बोल्नु नहुने देउवाको भनाइ छ । 'अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गरे भने चुनावमा जाऔँला,' देउवाले भने । उनले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गरे । 'निर्वाचन आयोग किन चुपचाप छ ? कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन,' उनले भने ।

सम्बन्धित खबरहरु