nmb bank

गृहपृष्ठ स्वदेशी ५० प्रतिशत जुत्ता उत्पादन

स्वदेशी ५० प्रतिशत जुत्ता उत्पादन

स्वदेशी ५० प्रतिशत जुत्ता उत्पादन

काठमाडौँ, १३ पुस,  काठमाडौंको भृकुटीमण्डपस्थित १४आँै औद्योगिक प्रदर्शनी आजदेखि शुरु भएको छ । छ दिने प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित जुत्ता तथा यसका लागि आवश्यक कच्चापदार्थको १३५ वटा कक्ष रहेको छ । नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएका छन् ।

गत वर्षको तथ्याङ्कअनुसार सात करोड ६२ लाख ४४ हजार १८६ जोर जुत्ता खपत भएकामा तीन करोड ८२ लाख ९४ हजार ७९३ जोर जुत्ता स्वेदेशी उद्योगबाट निर्मित रहेका थिए ।

नेपाल छाला जुत्ता उत्पादक संघका अनुसार हाल नेपालमा ६० भन्दा बढी जुत्ता उद्योग रहेका छन् । ३० अर्बभन्दा बढी लगानी रहेको उद्योगबाट उत्पादित जुत्ता विदेशमा समेत निर्यात हुन थालेको छ । गत वर्ष रु दुई अर्ब बराबरको जुत्ता निर्यात भएको संघले जनाएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वदेशी उद्योगलाई प्रवद्र्धन गरी यसका उत्पादनलाई निर्यात गराउन सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने नीति लिएको बताउनुभयो । उहाँले आयतलाई क्रमशः स्वदेशी उत्पादनले विस्थापित गराउँदै लैजान आवश्यक रहेको जोड दिनुभयो ।
संघका अध्यक्ष रविनकुमार श्रेष्ठले जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर हुन थालेको बताउनुभयो ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु