global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पाङराङ देखि बुटवल सीधा बस सेवा

पाङराङ देखि बुटवल सीधा बस सेवा

पाङराङ देखि बुटवल सीधा बस सेवा

पर्वत, २० – पुस पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ ।
पुस १० पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो । आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले जानकारी दिनुभयो ।

बस सञ्चालन भएसँगै फलेवास नगरपालिकाका कुर्घा र पाङराङ तथा बिहादी गाउँपालिकाका सबै वडाका यात्रुले नियमित रुपमा यात्रा गर्ने गरेका छन् । हरेक दिन बिहान ६ः४० देखि पाङराङको कर्नासबाट छुट्ने बस अपराह्न ३ बजे बुटवल पुग्छ । पाङराङदेखि बुटवलसम्मको भाडा रु ५५० कायम गरिएको छ ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु