global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दन्तरोग सम्मेलन हुने

दन्तरोग सम्मेलन हुने

दन्तरोग सम्मेलन हुने

पुस, २०-   नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल धुलिखेलमा गर्ने भएको छ ।

पुस २८ र २९ गते हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, तार बाँध्ने उपचारलगायतका विषयमा शोधपत्र प्रस्तुत गर्ने आयोजकले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २०० भन्दाबढी दन्तरोग विशेषज्ञको सहभागिता हुने सम्मेलनमा स्नातकोत्तरमा अध्ययनरत दन्त चिकित्सकले प्रतियोगितात्मक पोष्टर तथा शोधपत्रसमेत प्रस्तुत गर्नुहुने सम्मेलन प्रचारप्रसार प्रमुख तथा दन्तरोग विशेषज्ञ डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु