global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

पुस, २१- नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।

साना तथा ठूला विद्युतीय भुक्तानी ९डिजिटल पेमेन्ट०को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्ने तयारी भएको हो । सरल सेवा दिन र प्रविधिमैत्री बनाउन उक्त प्रविधि कार्यान्वयन गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । १८ महिनाभित्र वास्तविक समयमा सबै भुक्तानी प्रणालीको स्थापना गर्न लक्ष्य राखिएको छ ।

विद्युतीय कारोबारमा नगएसम्म मुलुकको द्रुत विकास नहुने पछिल्लो पुस्ताको कारोबारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयले वैशाखदेखि राजश्व प्रशासनबाट दिइने सबै सेवालाई सरल एवं कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने जनाइसकेको छ ।

सरकारको मुख्य आम्दानीको स्रोत राजश्व हो वास्तविक समयमा भुक्तानी गरी करदातालाई राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ नयाँ कानून बनाउने तयारी गरेको छ । डेपुटी गभर्नर सिवाकोटीले अनुसार,  भुक्तानी सेवालाई उपभोक्तामैत्री बनाउन राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालक र भुक्तानी सेवा प्रदान गर्न सबै बाणिज्य बैंक, केही विकास बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइसकेको छ । त्यसैगरी भुक्तानीका लागि १३ वटा संस्थालाई अनुमतिका लागि आशयपत्रसमेत दिइसकेको छ ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक शङ्करप्रसाद आचार्यले परिवर्तित सन्दर्भमा ‘क्यास लेस’ समाजलाई नियमितरुपमा अनुगमनको आवश्यक परेको भन्दै त्यसका लागि कानूनी तथा भौतिक संरचनाको विकास गर्दै लगिने बताउनुभयो ।

५६ लाखले डेविट कार्ड र ७५ हजारले क्रेडिटकार्डमार्फत विद्युतीय कारोबार गर्दै आएका छन् । ७७ लाख इन्टरनेट प्रयोगकर्ता सबै विद्युतीय कारोबारमा आएका छैनन् । हालसम्म ३० लाखले मोबाइल बैंकिङ प्रणालीको सदुपयोग गरेका छन् ।

दुई हजार ३०० एटिम मेसिन, दुईवटा भुक्तानी सेवा प्रदायक, तीनवटा भुक्तानी सेवा सञ्चालकको अनुमति पाइसकेका छन् । तर राष्ट्र बैंकका अनुसार उल्लेखित विद्युतीय भुक्तानीका लागि उच्चतम् तथा न्यूनतम् मूल्य तोकिएको छैन ।

अर्थ मन्त्रालयले पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय ९२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय ९१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर० साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याउने तयारी गरेछ । २०७२ सालमा भुक्तानी प्रणाली विभाग स्थापना गरेर विद्युतीय कारोबारलाई अगाडी सार्ने लागिएको हो ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु