गृहपृष्ठ भूकम्प पीडितको नक्सा निःशुल्क पास गरिने
भूकम्प पीडितको नक्सा निःशुल्क पास गरिने
पुस, २३- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने भएका छन्। शनिबार आयोजना गरिएको जिल्ला सरोकारवाला निकायस“ग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका प्रम्ख कार्यक्रारी निर्देशक युवराज भुसाले बताउनु भयो । भूकम्प पीडितका लागि आवश्यक निर्माण सामाग्री सहज रुपमा उपलब्ध गराउने समेत भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरलाई १० दिने तालीम र सव इञ्जिनियरलाई दुई दिनको तालीमसमेत दिई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहका प्राविधिकलाई पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालीम दिइने उहाँले बताउनुभयो । प्राधिकरणद्वारा भूकम्प प्रतिरोधात्मक घर बनाउन सिकर्मी डकर्मीलाई सात दिनको तालीम प्रदान गर्न लागिएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भूकम्प पीडित आवास बनाउन झण्झटिलो रहेकाले यसलाई सुधार गरी अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, राजनीतिक दल, प्राविधिक, जिल्ला समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीले छिटो छरितो रुपमा भूकम्प पीडितका घर बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रकाशित समय : ०९:३३ बजे