global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति

बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति

बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति

काठमाडौं–मुद्दती निक्षेपको ब्याजदर बढाउनक बैंकले अब अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएका छन् ।

नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले ब्याजदर बढ्दा कर्जा पनि धेरै महंगो हुने भन्दै तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति भएको हो । प्राय सबै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकमा ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघका कार्यवहाक अध्यक्ष ज्ञानेन्द्र ढुङानाले बताए ।

“ ब्याजदर यति उतिमा राख्ने सहमति भएको हैन,” उनले भने , “अब जति बढ्यो त्यो भन्दा माथि नजाने सहमति भएका छ ।”
बजारमा लगानीयोग्य पुँजी नभएपछि बैंकले धमाधम मुद्दती निक्षेपको ब्याज दर बढाएका थिए । बैंकले १२.२५ प्रतिशत दिने सार्वजनिक गरेका थिए । केही बैंकले १३ प्रतिशतमा निक्षेप उठाएका थिए ।

गत वर्षपनि लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याज नबढाउने आन्तरिक सहमति गरेका थिए । हाल बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ अधिक तरलता छ ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु