global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले आव २०७३-७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७३÷७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।

बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बंैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२÷७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए ।

बंैकले आव २०७३-७४ मा रु एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।

प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बंैकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित समय : ०१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु