गृहपृष्ठ ‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’

‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’

‘महाकाली सन्धि कार्यान्वयन गर्न तयार’

कञ्चनपुर- सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले टनकपुर बाँध निरीक्षण गर्दै २२ वर्ष अगाडि भएको महाकाली सन्धिअनुसार सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताए । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमानासम्मको एक हजार दुई सय मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह समेत गर्ने बताए ।
महाकाली सन्धिको धारा २ मा उल्लेख भए अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरे बापत नेपालले सुख्खायाममा तिन सय क्युसेक पानी र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुरा उल्लेख छ । तर हाल सम्म पनि प्राप्त गर्ने भने सकिएको छैन, मन्त्री गौतमले बताए ।
महाकाली नदीमा निर्माण भइरहेको पञ्चेश्वर परियोजनाको काम द्रुत गतिमा अगाडि बढाउन भारत सरकारसँग सहमति भइसकेको पञ्चेश्वरबाट थप भएको पानी उपयोग गर्ने गरी नहरको संचरना निर्माण गरिने समते बताए ।

मन्त्रीसँगै सिँचाइ विभागका महानिर्देशक अशोक सिंह, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना प्रमुख इन्द्रदेव भट्ट, जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय कैलालीका प्रमुख रणबहादुर बम, जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्डदेव विष्ट, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडिई वीरसिंह धाँमीलगायतको निरीक्षणमा सहभागिता रहेको थियो ।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु