global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मन्दिर मर्मत सम्भार कार्य सम्पर्ण

मन्दिर मर्मत सम्भार कार्य सम्पर्ण

मन्दिर मर्मत सम्भार कार्य सम्पर्ण

चितवन-देशकै तेस्रो पर्यटकीय गन्तव्य मान्ने सौराहाबाट ६ किलोमिटर रहेको रत्ननगर नगरपालिका–११ जिरौनामा पचास वर्ष पुरानो मन्दिरलाई अत्याधुनिक तरिकाबाट मर्मत सम्भार गरिएको छ

मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको मनोरम दृश्य स्थल छ । मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित आधुनिक र परम्परागत रुपमा कुँदिएका झ्याल–ढोका, भित्तामा कुँदिएका धार्मिक, मनोरम दृश्य सहितको सुन्दरता रहेको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले मन्दिरलाई परम्परा र आधुनिकताको संयोजन निर्माण पाँच करोडमा बराबरको लगानी गरि निर्माण गरिएको हो । पन्ध्र कट्ठा सात धुर क्षेत्रफलमा रहेको मन्दिरले स“गै रहेको १० कट्ठा जमिनमा विद्यालयसमेत सञ्चालन गर्ने तयारी गरेको छ । २०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी सेवा समितिले अहिले भव्य रुपमा निर्माण गएिको छ भने आगामी फागुन ६ गते शुभारम्भ गरिने कार्यक्रम रहेको छ । समारोह समितिका संयोजक तिलकराज शर्मा पौडेलले बताउए ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु