nmb bank

गृहपृष्ठ सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने

सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने

सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने

काठमाडौं । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासनमा धितोपत्र बोर्डले रोकेको छ । नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बताए । आईपीओ निष्कासन मंगलबारदेखि गरी शुक्रबार बन्द गर्ने संस्थाको तयारी थियो । धितोपत्र बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको संस्थाले जनाएको छ ।

अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने र तत्कालका लागि आईपीओ निष्कासनको सबै काम स्थगन भएको संस्थाले जानकारी दिए । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु