गृहपृष्ठ धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी
धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी
ललितपुर- फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर कृषि विभाग अन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए ।
कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहने उहाँले बताउए । प्रदर्शनीमा दश करोडको कारोबार हुने आयोजकले बताए । बिस देशका झण्डै दुईसय वटाभन्दा बढी कम्पनीले प्रदर्शनीमा भाग लिने । पचास हजार अवलोकनकर्ता आउने लक्ष्य रहेको एकसय पचास वटा कम्पनीले छुट्टाछुट्टै स्टल राख्ने छन् । पहिलो प्रदर्शनी चितवनमा र दोस्रो काठमाडौँमा भएको थियो ।
प्रकाशित समय : ०७:५३ बजे