nmb bank

गृहपृष्ठ सगरमाथा पदयात्रा

सगरमाथा पदयात्रा

सगरमाथा पदयात्रा

टासीदेले -नमस्ते, सगरमाथापदमार्गमा अधिकांश होटलका दैलामा लेखिएको छ । पाहुना बनेर सगरमाथापदयात्रामा जा“दा पाउने शेर्पा सत्कारलाई हरेक पर्यटकले भुल्न सक्दैनन् । पाहुनालाई खादाको बिदाई पनि उत्तिकै अबिस्मरणीय हुन्छ ।
सगमाथा पदयात्रा गर्ने धोको सबैले बोकेका हुन्छन् । मर्नु भन्दा अघि एक पटक सर्बोच्च शिखर सगरमाथालाई सके चुमेर नभए पनि खुल्ला आ“खाले हेरे मर्ने सपना सा“धेर बसेका हुन्छन् । साहसिकको दुनिया“मा रमाउनेका लागि सगरमाथा पदयात्रा एउटा सपना गन्तब्य हो । हो ,यहा“ त्यही सपना गन्तब्यको कुरा गर्न खोजिएको छ ।
सगरमाथा संसारमा चर्चाको शिखरमा सन् १९५३ मा न्यूजिल्याण्डका प्रथम आरोही सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले सफलतापूर्ण आरोहण गरेपछि पुगेको हो । त्यस यताका दिनमा सगरमाथाले सबैको ध्यान तान्न सफल भएको छ । सात समुन्द्रपारीका मान्छे बर्षोको योजना उनेर सगरमाथा पदयात्रामा आएरहेका छन् । साहसिका लागि सगरमाथा एक खेल मैदानमा परिणत भएको छ भने पदयात्रीका लागि टाढैबाट हेर्न सकिने शिखर । शिखरको मज्जा चुमेर मात्र लिनुपर्छ भन्ने छैन । सगरमाथा पदयात्रा बिश्वको आइकोन हो । सगरमाथापदयात्रालाई खुम्बुपदयात्रा पनि भनिन्छ । खुम्बु शेर्पाको बासस्थान हो । शेर्पाको पुरानो शैली यस पदयात्रामा देख्न पाइन्छ । बिश्वबजारमा टे«किङ जननी नेपाल हो । सन् १९६५ मा बेलायती कर्णेल जिमी रोर्बसले नेपालबाट टे«किङको शुरुवाती गरेका हुन् । त्यसैको निरन्तरता हो पदयात्रा ।
सगरमाथा बिगत छ दशकदेखि उत्तिकै चर्चा र आर्कषणको केन्द्रबिन्दुमा छ । ‘आइसल्याण्ड’ वा समुद्री सतहमा बस्ने मान्छेदेखि साना—साना हिमाली काखमा बस्ने पनि सगमाथापदयात्रामा आउ“छन् ।
अब सगरमाथापदयात्रामा कसरी पुगिन्छ भन्ने कुराले केही पिरोलेको हुनसक्छ । आउनुस हामी त्यही पिरोल्याइ“लाई मत्थर पारौं । सगरमाथा शिखर र त्यसको फेदीसम्म यात्रा गर्ने बिषयमा गफीयौं ।
बिदेशी पर्यटक सगरमाथा पुग्ने सबै जानकारी उतैबाट बिभिन्न पुस्तक अध्ययन गरेर आउ“छन् । तर ती सबैले राम्ररी जानकारी लिएका हुन्छन् भन्ने छैन । हामी नेपालीको त यात्रा गर्ने बानी कमै छ । अर्कै कुरामा रम्ने शैलीले पनि यसलाई प्रभाब पारेको हुनसक्छ । हाम्रो समाजमा घुम्नेडुल्ने बानी बसाल्नु आबश्यकता छ ।
सगरमाथा पदयात्रा देशकै एउटा महत्वपूर्ण र स्तरीय गनतब्य हो । नेपाल बिदेशतीर सस्तो गन्तब्यका रुपमा बढी परिचित छ । त्यसैले यहा“ मह“गोलाई स्तरीय भनिएको हो । काठमाडौंबाट आधा घण्टाको उडानबाट लुक्ला पुगेपछि सगरमाथापदयात्रा शुरु गर्ने कि दोलखाको जिरीबाट तपाइ“स“ग दुई बिकल्प छन् । यी बिकल्पमा कुन पदयात्रीका लागि रोजाईका बिषय बन्न सक्छन् । समय कम र यात्रा धेरै गर्ने हो भने लुक्लाको साहसिक र रोमाञ्चकारी हवाइजहाज उडानलाई छान्नुस् । नेपाल कस्तो छ भनेर बुझने हो र समय अली बढी छ भने जिरी रोज्नुस् । सन् १९५३ मा तेन्जिङ र हिलारी पनि जिरीको बाटो भएर सगरमाथा शिखर पुगेका थिए । हिलारी हिडेको त्यो बाटो इतिहासमा परिणत भएको छ ।
प्छिल्लो समयमा सगरमाथाको प्रबेशद्धराका रुपमा जहाजबाट सिधैं लुक्ला जाने क्रम बढेको पर्यटन ब्यबसायीहरु बताउ“छन् ।
तल्लो सोलु भएर सगरमाथा पुगिने बाटो केही लामो छ । पर्यटनको स्वाद दोलखा ,रामेछाप ,ओखलढुंगा र सोलुका स्थानीयले पाउने छन् भने लुक्ला भएर जाने पर्यटकको स्वाद खुम्बुबासीले । जिरी पदयात्रा रोज्नु भयो भने बिभिन्न संस्कृति ,भाषा , बन्यजन्तु ,लाली गुरा“स,पदयात्राका रोमाञ्चकारी दृष्य हुने छन् । अनुपम हिमाली दृष्य पदयात्राको मज्जा हो ।
जिरीबाट २१ दिनको सुस्तरी पदयात्रा गरेपछि पुगिन्छ ,सगरमाथा आधारशिबिर । पहिला त एक महिना लाग्थ्यो, एक पर्यटन ब्यबसायीले भने । अहिले पदमार्ग सजिलो भएकाले छोटो भएको छ ।’
अब कुरा गरौं ,लुक्ला उडान भरेर जाने पदयात्रीको यो समय बचत ,सजिलो भएकाले पछिल्लो समयमा सबै पदयात्रीको छनौटमा परेको छ । सगरमाथा पदयात्रा नै धेरैजसो पर्यटकको रोजाईमा पर्नु सगरमाथा त्यही छ । र, अग्लो हिम शिखर हो । हिमाललाई आ“खै अगाडी देखिन्छ ।

यो मह“गोपदयात्रामा जानेलाई गोजी मोटो चान्छि । गल्ति पातलो भए चा“डै प्वाल पर्छ । सगमाथा आधारशिबिरसम्म पदयात्रा गर्ने भए खल्तीमा पचास हजार हालेर हिड्नुस् । त्यसो त नेपाली
पर्यटनलाई स्तरी भन्न सकिरहेको अबस्था छैन । लुक्ला उडान भरेर जाने पर्यटकरुले नाम्चेबजार पुगेपछि कता जाने भनेर गन्तब्य रोज्न सक्छन् ।हाइ अल्टिच्यूड पचाउन नाम्चेबजारमा दुई रात बस्नुपर्ने अनिबार्य छ । दुई रात बसेपछि आरोहीहरुको गाउ“ थामे ,नाङपालासम्म पदयात्रा गर्ने र रेन्जोला पास गरेर गोक्योतर्फ लाग्न सकिन्छ । मनोरम हिमतालरुले गोक्योमा पर्यटकलाई लोभ्याउ“छ । गोक्योमा एक रात बसेर गोक्योरी चढन्े सकिन्छ । पा“च घण्टा हिडेपछि ५ जार ३ सय ६० मिटर उचाईको गोक्यारीमा पुगिन्छ । गोक्यारी सगरमाथामा सूर्योस्त हेर्नका लागि जाने पर्यटकहरुको घुइ“चो लाग्छ । जहा“बाट सगरमाथा ,मकालु ,लोहोत्से ,नुप्से ,आमादाब्लम, थामसेर्कु हिमशृखलाहरु देखिन्छन् । ५ जार ५ सय मिटर ऊचाइ“को रेन्जोला पास पनि त्यत्तिकै मनोरम गन्तब्य हो । गोक्योमा झमक्क सा“झ परुन्जेल बसेर धित् मरुन्जेल फोटो खिचेर फर्कर्नु पर्छ । गोक्यो सगरमाथापदयात्रामा पर्ने आकर्षक गन्तब्य हो । यहा“बाट चोला पास गरेर आधारशिबिरतर्फ मोडिन सकिन्छ । त्यसो त थाङ्नाकको उकालो कम साहसिक र रोमाञ्चकारी छैन । जोङलाको याक फार्ममा पुगेर चौंरीगाईको दूध खाएर यात्रा अघि बढाउने अबसर मिल्छ ।
थामे भएर तीब्ब्तको सिमाना नाङपालासम्म पदयात्रा गर्दा साहसिकता शब्दमा जति बर्णन गरे पनि अपुरो रहन्छ ।

थामेबाट दोलखाको टासीलाप्चा पास गरेर रोलवालिङतर्फ पनि मोडिने पदयात्री आउ“छन् । नाम्चेबाट सिधैं सगरमाथा आधारशिबिर मोडिने पदयात्री बढी आउ“छन् । सगरमाथा आधारशिबिरमा नाम्चेबजारबाट सात दिनको यात्रामा पुग्न सकिन्छ । लुक्लाबाट १५ दिनको पदयात्रा गरेपछि सगरमाथाफेदीमा पुगेपकिो मज्जा बेग्लै हुन्छ । बाटामा देखिने हिमाली बन्यजन्तु ,हिमाली बनस्पति ,जीवन शैली ,ल्याण्डस्केप अनि नाकैमा देखिने हिमालको त कुरै नगरौं ,हालसालै ग्याटेमालबाट आएका एक जोडी पदयात्रीले उन्मदद भएर मन्जोमा ब्यक्त गरेका शब्दहरुलाई उल्लेख गर्नु सान्र्दिभक होला ।स्वर्ग भनेकै यही हो । मानबले देख्दा मनै बहलाउने र आन्नद तुल्याउने थलो नै स्वर्ग होइन र अर्का स्वर्ग त अमूर्त हो ,दुबैले एकछिन टक्क अडिएर भने । हो ,त्यही स्वर्गमा पदयात्रा गर्ने धोको बोकेर सगरमाथा आउनेको लर्को लाग्छ । केही समय बा“की छ भने हिउ“ चितुवा पनि भेटन सकिन्छ । रातो पाण्डाले पनि स्वागत गर्न सक्छ । खा“चो केबल समयको छ । फोर्चेमा पदयात्रा गर्नु भयो भने डा“फे ,हिमालयन स्नो कक ,मृग ,कस्तूरी नाचेका देखिन्छन् । फोर्चे पुरानो शेर्पा संस्कृतिको खानी हो ।
उन्नाइस पटक सर्बोच्च शिखर चुमेर ख्याती कमाएका आप्पा शेर्पाको गाउ“ थामे पनि उत्तिकै मनोमहक छ । पर्यटकलाई स्वागत र सत्कारमा थामेली पनि अब्बल छन् ।थामेबाट लुङदीन भएर गोक्यो पुग्न सकिन्छ ।
नाम्चेबाट अगाडी हिडेपछि तेङबोचे बास बस्नुपर्छ । तेङबोचेबाट बहिानीपखको सूर्योदय हेर्न सकिन्छ । ४ हजार मिटरको तेङबोचे गुम्बा त्यत्तिकै आर्कषक ठाउ“ हो । तेङबोचेबाट अर्का गन्तब्य पाङबोचे हो । पाङबोचेबाट अर्का बास बस्न दिङबोचे वा फेरिचे पुग्न सकन्छि । सानो तर सुन्दर करीब ६ हजार अग्लो हिमाल आरोहण गर्ने र छुकुङ भ्याली हेर्ने हो भने दिङबोचे बास बसेर भोलिपल्ट उता चढन सकिन्छ । आमालाप्चा पास गरेर मकालु उपत्यका जान पनि सकिन्छ । यो निकै कठिन पासभित्र पर्छ । सगरमाथा आधारशिबिर मोडिने हो भने अर्का बास लोबुचेमा बस्नुपर्छ । ५ हजार मिटर उचाइको लोबुचेबाट अर्का गन्तब्य गोरसेप हो । सगरमाथाको अन्तिम माबन बस्ती हो ,गारेसेप । पाच हजार दुई सय मिटरमा रहेको गोरेसेपमा होटल लजको सुबिधा छ । सगरमाथामा पर्यटकले चाहि जस्तो सुत्रिधा पाउछन् । तारे होटलको याद मेटाउने सुत्रिधा छ ।
गोरसेपबाट ५ हजार ६ सय मिटर ऊचाइको कालापत्थरतीर लम्किने वा आधारशिबिरतर्फ । कालापत्थर र सगरमाथाको सम्बन्ध आ“गन र घरको धूरीको जस्तो छ ।आ“गनबाट धूरीतर्फ हेरे झैं सगरमाथालाई हेर्न सबैको धोको यी कालापत्थरले दिएको छ ।कालापत्थरबाट देखिने हिमाली दृष्यको शब्द उल्लेख गर्नु भन्दा पनि भ्रमण गरेर रियल अनुभब गर्दा रमाइलो हुन्छ । सगरमाथा बेसक्याम्पमा सबै पदयात्री र आरोहणदलले टेन्टमा बस्नुपर्छ । स्लिपिङ ब्याग र टेन्टको ब्यबस्था गरेर मात्रै आधारशिबिर जानु उत्तम हुन्छ । निश्चित गन्तब्यमा पुगेपछि पदयात्रा सकिएको अनुभब हुन्छ । अब झोला केही हल्का भएको महसुस गर्दै घरतर्फको ओरालो झर्न हतारो हुन्छ । ओरालो लाग्नुस् ।
जहाजबाट लुक्ला झर्नेबित्तिकै मेरापिकतर्फको गन्तब्य पनि उत्तिकै आर्कषक । १५ दिनको मेरापिक पदयात्रा पनि रमाइलोृ छ ।
खुम्बुक्षेत्रका नाम पनि प्रख्याती कामएको सगरमाथापदयात्रा देशकै मह“गो र आर्कषक पदयात्रा मान्निछ । खुम्बुमा सबै घर होटल हुन् । सगरमाथाक्षेत्रका सबै घर होटल र सबै होटल घर हुन् । यहा“का सबै घरहरु होटल शैलीमा बनाइएका छन् । करीब एक हजार संख्याका यी घरहरु सबै होटल हुन् । बिदेशी पर्यटकरुलाई आर्कषक शैलीमा बनाएका घरहरु पछिल्लो समयमा आधुनिक शैलीका बनेका छन् । सन् १९७३ म ाबनेको स्याङबोचेको होटल एभरेष्ट भ्यू संसारकै अग्लो ठाउ“मा रहेको होटल हो । जहा“ एक रातको एक सय ६४ डलर तिर्नुपर्छ । डबल रुमको २ सय ६० डलर पर्छ । पानोरमा ,होटल शेर्पा ल्याण्ड ,नाम्चेका निकै मह“गा होटलमा गनिन्छन् । एक छाक दालभातको तीन सय रुपैंया पर्छ । याक स्टकि खाने हो भने सात सय रुपैंया पर्छ । स्पागेटी ,पिज्जा ,एपलपाइको पनि ४÷५ सय रुपैंया जतिमा आउ“छ । एउटा अण्डा उसिनेकोलाई २ सय ५० रुपैंया पर्छ । मेनु निकै मह“गो लाग्न सक्छ । तर ढुवानी पनि उत्तिकै र्खिचलो छ । राजधानीबाट हेलिकप्टर र जहाजमा १२० रुपैंया किलोसम्म तिरेर ल्याएकाले म“गो पर्न गएको स्थानीय ब्यबसायीहरुको भनाइ छ । सगरमाथापदयात्रा जीवनमा एक पटक जानैपर्ने मार्ग हो । सर्बोच्च शिखरलाई नजिकबाट चियाउने धोको यही पदमार्ग मिल्छ । स्थानीय अर्थतन्त्रलाई पर्यटकले टेवा दिइरहेका छन् ।
सगरमाथापदयात्रा गर्ने धोको तपाइ“को छ भने पुरा गर्न सजिलो छ । काठमाडौंका जुनसुकै टे«किङ कम्पनीले पुरा गर्न सक्छन् । जान सजिलो छ । खा“चो इच्छा शक्तिको हो । यो पाहुना उद्योगमा रम्ने रहरलाई पुरा गरौं ।
सगरमाथापदयात्रा गर्ने सही समय सेप्टेम्बर ,अक्टोबर र नोभेम्बर तथा मार्च अप्रिल र मे महिना हो । यो समयमा पदयात्रामा निस्कदा उपयुक्त हुन्छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु