nmb bank

गृहपृष्ठ कुन बैंककाे नाफा कति ?

कुन बैंककाे नाफा कति ?

कुन बैंककाे नाफा कति ?

काठमाडौं-वाणिज्य बैंकले निष्काशन गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमाशको तुलनामा चालु आर्थिक वर्षको त्यहि अवधिमा चार बैंकले नाफा घटाएका छन् भने दुईले बढाएका छन्।

राष्ट्रिय बाणिज्य बैंक 
राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्ष नाफा १ अर्ब २१ करोड रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड रुपैयाँ छ। १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
नबिल बैंक 
नबिल बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको नाफा १ अर्ब ७४ करोड रुपैयाँ थियो। बैंकले २ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत बर्ष २ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको थियो।
बैंकले १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्ष १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब रुपैयँ ऋण लगानी गरेको थियो।
नेपाल बैंक लिमिटेड
नेपाल बैंकको नाफा घटेको छ। बैंकले १ अर्ब ६३ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्ष नाफा १ अर्ब ८९ करोड रुपैयाँ थियो।
बैंकले २ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसको लागि बैंकले ९१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
हिमालयन बैंक
हिमालयन बैंकले १ अर्ब १० करोड रुपैयाँ नाफा गरेको छ। गत बर्ष नाफा १ अर्ब २ करोड रुपैयाँ थियो।
बैंकले खुद ब्याज आम्दानी १ अर्ब ८६ करोड रुपैयाँ छ। बैंकले ९२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८२ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
कृषि विकास बैंक 
कृषि विकास बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको नाफा ९० करोड ६६ लाख रुपैयाँ थियो।
बैंकले खुद ब्याज आम्दानी २ अर्ब ६५ करोड रुपैयाँ गरेको छ। बैंकले ९८ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक 
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ। पोहोर ७४ करोड १ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकले १ अर्ब ४६ करोड रुपैया खुद ब्याज आम्दानी गरेको छ। बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६३ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा १ अर्ब ११ करोड रुपैयाँ थियो। बैंकले ६ महिनामा एक अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसको लागि ८६ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ६ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात ११.२४ प्रतिशत छ।

सनराइज बैंक
सनराइज बैंकले ५८ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६० करोड ९७ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी एक अर्ब २७ करोड गरेको छ। बैंकले ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ।

एनआइसि एशिया बैंक
एनआइसि एशिया बैंकको नाफा घटेको छ। बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ५७ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षमा ७२ करोड १४ लाख रुपैयाँ थियो।

बैंकले खुद ब्याज आम्दानी एक अर्ब ६४ करोड रुपैयाँ गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब रुपैयाँ जम्मा भएको छ।

माछापुछ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४७ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ५७ करोड ५३ लाख रुपैयाँ थियो। बैंकले यसै अवधिमा १ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसको लागि ६४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब २६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ।

एनसिसी बैंक
एनसिसी बैंकले ३५ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ७ करोड ७६ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी ५८ करोड ७४ लाख रुपैयाँ गरेको छ। बैंकले ५८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ जम्मा भएको छ।

सिभिल बैंक
सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। साथै गत वर्षको यहि अवधिमा १६ करोड ७३ लाख रुपैयाँ थियो। बैंकले ६ महिनामा खुद ब्याज आम्दानी ५७ करोड ८४ लाख रुपैयाँ गरेको छ। यसको लागि बैंकले ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३३ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ।

साभारः बिजमाण्डु

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु