गृहपृष्ठ देवघाटमा ज्योति विकास बैंकले शाखा
देवघाटमा ज्योति विकास बैंकले शाखा

काठमाडौं – देवघाटमा ज्योति विकास बैंकले शाखा विस्तार गरेको छ । देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले शुक्रबार एक कार्यक्रमकामा शाखाको उद्घाटन गरेका हुन् ।
बैंकको देवघाट शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत गलेश्वर आश्रम देवघाटका ४०० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको थियो ।
बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
प्रकाशित समय : १६:३३ बजे