global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वाणिज्यमन्त्रीद्धारा नेपाल–चीनबीच रसुवागढी नाकाको निरीक्षण

वाणिज्यमन्त्रीद्धारा नेपाल–चीनबीच रसुवागढी नाकाको निरीक्षण

वाणिज्यमन्त्रीद्धारा नेपाल–चीनबीच रसुवागढी नाकाको निरीक्षण

रसुवा – वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले नेपाल–चीनबीच रसुवागढी नाकाको स्थलगत निरीक्षण गरिएको छ । मन्त्री विश्वकर्माले रसुवागढी नाकाको अवस्था र नीतिगतरुपमा गर्नुपर्ने निर्णयका लागि मन्त्रिपरिषद प्रस्ताव लान आफूले स्थलगत भ्रमणमा गरेको बताए ।

स्थानीय बासिन्दाले पेश गरेको ज्ञापनपत्र अध्ययन गर्दै सुक्खा बन्दरगाहमा परेका घरटहराको मुआब्जासम्बन्धी समस्या छिटो समाधान गर्न आफू सकारात्मक भएको पनि उहाँले बताए ।

सुक्खा बन्दरगाह निर्माणस्थल रसुवागढी नाका एकीकृत सुरक्षा जाँच पोष्टको निरीक्षणका साथै सामान आयातनिर्यात र सुरक्षाको विषयमा प्रजिअ चोमेन्द्र न्यौपाने, प्रमुख भन्सार अधिकृत गोपाल कोइराला लगायतका पदाधिकारीसँग जानकारी लिए ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु