गृहपृष्ठ टेलिकमले सुरु गर्यो ‘नमस्ते क्रेडिट सेवा’

टेलिकमले सुरु गर्यो ‘नमस्ते क्रेडिट सेवा’

टेलिकमले सुरु गर्यो ‘नमस्ते क्रेडिट सेवा’


काठमाडौं ।
नेपाल टेलिकमका ग्राहकले फोन गर्दा गर्दै यदी पैसा सकियो भने पनि चिन्ता दिनुपर्ने छैन । टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि ‘नमस्ते क्रेडिट सेवा’ सुरु गरेको छ । उक्त सेवा अनुसार टेलिकमले प्रिपेड ग्राहकले कुरा गर्दा ब्यालेन्स सकियो भने सापटी दिनेछ ।
नेपाल टेलिकमको यो सेवाले नेपालमा सञ्चालीत अर्काे टेलिकम्युनिकेसन् कम्पनी एनसेललाई केही धक्का दिने अनुमान गरिएको छ । यसअघि एनसेलले मात्रै सापटी दिने सेवा दिएको थियो । एनसेलको ग्राहक सापटी योजना रुचाएका ग्राहक अब टेलिकमको ‘नमस्ते क्रेडिट सेवा’प्रति आकर्षित हुनेछन् ।
गुणस्तरका हिसाबमा आफ्नो सेवा अब्बल रहेको दावी गर्ने एनसेललाई टेलिकमको यो योजनाले ग्राहकलाई प्रभावित पर्ने नेपाल टेलिकमले जनाएको छ । एनसेलले सापटीलाई रुचाएका अहिलेका युवा पुस्ताको आकर्षणलाई अब टेलिकमले प्रभावित पार्ने दावी गरिएको छ ।
टेलिकमको प्रतिस्पर्धी मानिने ऐनसेलले ग्राहक सापटी योजना सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । युवा पुस्ताले यस्तो सेवा खुबै मन पराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘नमस्ते क्रेडिट सेवा’ सुरु गरेको हो ।
यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ । ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको छ । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने टेलिकमले जनाएको छ ।
टेलिकमले सोमबार आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उक्त सेवाको सुरूआत गरेका छन् । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु