global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गुणस्तरीय सेवा प्रवाहका लागि टेलिकमलाई मन्त्रीको आग्रह

गुणस्तरीय सेवा प्रवाहका लागि टेलिकमलाई मन्त्रीको आग्रह

गुणस्तरीय सेवा प्रवाहका लागि टेलिकमलाई मन्त्रीको आग्रह


काठमाडौँ –
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले टेलिकमलाई गुणस्तरीय सेवा प्रवाहका लागि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाहका लागि काम गर्नुस् ।’
टेलिकमको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले भने, ‘सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छ, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिन्छ ।’
उनले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्यक्ष लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले नेपालका प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले शुरूमा कम्तीमा १४ जिल्लामा काम शुरू गरिसकेको जानकारी दिए ।
सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले निजी कम्पनीसँगको कडा प्रतिष्पर्धा गर्नुपर्ने सन्दर्भमा सामूहिक उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अध्यक्ष दीगम्बर झाले नेपाल टेलिकमले जनतालाई ठग्न नदिन सफल भए पनि प्रतिष्पर्धामा भने ओरालो लाग्दै गएको छ भने ।
टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १४ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक करिब चार लाख २२ हजारमात्र रहेकामा अहिले कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र तारसहितका सेवा तथा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर वृद्धि भई एक करोड ८५ लाख नाघिसकेको जानकारी दिइन् ।
मन्त्रालयका निमित्त सचिव तथा टेलिकमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले टेलिकम सेवालाई ग्रामीण तहसम्म पु¥याउने योजनाअनुसार टेलिकमले तीव्र गतिमा काम गरिरहेको छ भने । टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु