गृहपृष्ठ हुन्डी कारोवारी पक्राउ
हुन्डी कारोवारी पक्राउ
पर्सा, २८ वीरगंजमा (हुन्डी)को कारोबार गर्दै आएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार गर्दै आएका लिंकरोड स्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा छापामारी प्रहरीले रु ५५ लाख ६४ हजारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य कारोबारी भारत बिहार रक्सौल निवासी रितेशकुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।
अवैध रकम ओसारपसार गर्ने गरेको पूर्वसूचनाको आधारमा छापामार्दा कारोबारमा संलग्न दुई दर्जन बैंकका चेकबुक, दुई बोरा खाता, छ थान मोबाइल र नगद बरामद भएपछि अनुसन्धानका लागि चारैजनालाई नियन्त्रणमा लिइएको छ ।
भारतीय नागरिक रितेश मुख्य कारोवारी र अन्य सहयोगी रहेकोे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए । अवैधरुपमा अमेरिका, युएई, हङकङ, सिंगापुर, भारतलगायतको देशमा उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अटोमोबाइल्सबाट बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २१:१९ बजे