nmb bank

गृहपृष्ठ भ्रष्टाचार निर्मूल गर्न सकिने–राष्ट्रपति भण्डारी

भ्रष्टाचार निर्मूल गर्न सकिने–राष्ट्रपति भण्डारी

भ्रष्टाचार निर्मूल गर्न सकिने–राष्ट्रपति भण्डारी

काठमाडौँ, २८ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले साझा अठोट र प्रतिबद्धताबाट भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने बताए ।
२७औं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै भ्रष्टाचारमुक्त समुन्नत एवं सुसंस्कृत समाज स्थापनाका लागि सबै क्षेत्रबाट तत्परता र सक्रियता जरुरी रहेको बताए ।

उनीले देशले अंगीकार गरेको नयाँ राजनीतिक पद्धति र संरचनामा सदाचार, सुशासन र सार्वजनिक उत्तरदायित्वको भावनालाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन आयोगको भूमिका अझ सशक्त हुनुपर्छ भन्ने मैलै विश्वास लिएको छु ।”

संघ, प्रदेश र स्थानीय तहमा असल अभ्यासको सुदृढीकरण गरी लोकतन्त्रको प्रतिफल जनसमक्ष पु¥याउन र प्रभावकारीरुपमा भ्रष्टाचारको नियन्त्रण गर्न आयोगको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिए । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण, विधिको शासन कायम गर्ने विषय कठिन भए पनि असम्भव भने नरहेको बताए ।

विज्ञान प्रविधिले भ्रष्टाचारको स्वरुपमा पनि परिवर्तन गरेकाले आयोगको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिदै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो उत्कृष्ट स्थान हासिल गर्नेलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरे । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलगायतका विशिष्ट व्यक्तिको उपस्थित थियो ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु