global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ

दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ

दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ

काठमाडौं,  फागुन १० । नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि ४ लाखको प्रायोजन गर्ने भएको छ । क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट सीईओ जनक शर्मा पौडेल र दीपेन्द्र सिंह ऐरीले हस्ताक्षर गरे ।

एक वर्षको लागि भएको सम्झौता अनुसार बैंकले नगद र क्रिकेट किट्स गरी ४ लाख रकम प्रदान गर्नेछ । बैंकले दीपेन्द्रलाई मासिक २० हजारका दरले एक वर्षमा कूल २ लाख ४० हजार उपलब्ध गराउनेछ भने बाँकी रकम बराबरको क्रिकेट किट्स प्रदान गर्नेछ । ग्लोबल आईएमई बैंकले स्पोनरसर गरेको दीपेन्द्रले धन्यवाद व्यक्त गरे । सिप्यानका अध्यक्ष तथा पूर्व कप्तान पवन अग्रवालले आफूहरुको उदेश्य खेलाडीहरुलाई आर्थिक रुपमा सहयोग गर्न पहल गर्ने रहेको बताए । आईएमई बैंकका सिईओ जनक शर्माले यस प्रायोजनमार्फत थोरै भएपनि खेलाडीलाई मद्धत पुग्ने बताए ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु