global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चिकित्सा सेवामा जनताप्रति समर्पित भई काम गर्न आग्रह 

चिकित्सा सेवामा जनताप्रति समर्पित भई काम गर्न आग्रह 

चिकित्सा सेवामा जनताप्रति समर्पित भई काम गर्न आग्रह 
काठमाडौं । प्रधानमन्त्री तथा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा लिप्त नहुने र भ्रष्टाभचारीलाई पनि नछाड्ने प्रतिबद्धता गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सर्जिकल भवनको आज शिलान्यास गर्दे भ्रष्टाचारीलाई छुट नदिने प्रतिबद्धता गर्नुका साथै देश र जनताप्रति समर्पित भई काम गर्न निर्देशन दिए ।

स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउने र स्वास्थ्य सेवामा हेलचेक्राई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै नेपाल र नेपालीको सेवामा समर्पित हुन निर्देशन दिए । उपचारलाई प्रभावकारी बनाउनु पर्ने स्वास्थ्य क्षेत्र जस्तो कुरामा लापरवाहि नगर्न पनि निर्देशन दिए ।
ओलीले कुनै पनि नेपाली उपचारको लागि मुलुक बाहिर जाने परिस्थितिको अन्त्य गरीने र त्यसको थालनी पनि आफैबाट गरीने बताए । अबको नेपाल गतिशिल नेपाल भएको भन्दै ओलीले कुनै पनि वाहनामा आलटाल र गुणस्तरमा सम्झौता नहुने प्रष्ट पारे । शिलान्यास गरेको भवन तोकीएकै मितिमा उद्घाटन हुनु पर्ने भन्दै उहाँले तलमाथि भए कारवाहि गरीने, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर गणेशराज गुरुङले २ अर्व ८५ करोडको लागतमा निमार्ण हुने भवन २ बर्ष भित्र निमार्ण भई सक्ने बताए । ६ सय ५० शैयाको सर्जिकल भवन ९ तलाको आधुनिक औजार र प्रविधियुक्त हुने छ ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु