nmb bank

गृहपृष्ठ चोरीका मोटरसाइकलसहित युवक पक्राउ

चोरीका मोटरसाइकलसहित युवक पक्राउ

चोरीका मोटरसाइकलसहित युवक पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले स्रोहखुट्टेबाट बालाजुतर्फ गइरहेको प्रदेश ३-०२-०१५ प १७७३ नम्वर कालो रातो रङको २२० सी.सी.को पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा बालाजु, बसन्तनगरबाट पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं. ७, मछेडीखोला बस्ने वर्ष २२ को भिमसेन खड्का रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२,०१४ प ०३३९ खुल्न आएको छ । उक्त नम्बरको मोटरसाइकल सिपाडोल भक्तपुरबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनि जिल्ला खोटाङ दिक्तेल १५ बस्ने चित्र बहादुर खत्रीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती, भक्तपुर, पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु