Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

प्रतिनिधि सभा विघटनको विरोधमा माघ ९ गते नेकपाको जनप्रदर्शन

न्युज कारोबार काठमाडौं माघ ४, २०७७       

प्रतिनिधि सभा विघटनको विरोधमा माघ ९ गते नेकपाको जनप्रदर्शन
नेकपा कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिए । जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको उनले बताए । प्रतिनिधि सभा विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई नेता भट्टराईले आग्रह गरेका छन् । जनअधिकारको रक्षाका लागि विरोध प्रदर्शनमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि नेकपाले आग्रह गरेको छ । नेकपाले जनप्रदर्शनलाई ध्यानमा राखेर माघ ७ गते अपराह्न भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्‍याली गर्ने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

सम्बन्धित खबरहरु