Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

थप ४३०६ पीसीआर गर्दा ३२२ जनामा कोरोना पुष्टि

न्युज कारोबार काठमाडौं माघ ५, २०७७       

थप ४३०६ पीसीआर गर्दा ३२२ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा ४ हजार ३ सय ६ पीसीआर परीक्षण भएको छ । सोमबार काठमाडौं उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।  यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ । कुल संक्रमितमध्ये ३ हजार ८ सय ६१ जना आइसोलेसनमा र २२१ जना क्वारेन्टिनमा छन् । हाल देशभर १६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु