न्युज कारोबार
हुम्ला
फागुन २, २०७७
हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड रुपैयाँबराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको हो ।
निलम्बन नगरेको खण्डमा सरकारी हानी‑नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्नेसक्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि लागू हुनेगरी निलम्बन गरेको बताएका छन् । आचार्यले कारबाही गर्नु नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेस गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्न जानकारी गराएका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने आफूले अनियमितता नगरेको बताएका छन् । यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरेर आफ्नो मानहानी गरेको निमित्त अधिकृत शाहीले बताए । 'अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु,' उनले भने । (रासस)
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन १७