global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा झरी, तराईमा हावाहुरी, सचेत रहनुस्

काठमाडौंमा झरी, तराईमा हावाहुरी, सचेत रहनुस्

काठमाडौंमा झरी, तराईमा हावाहुरी, सचेत रहनुस्

काठमाडौं उपत्यकासहित देशको धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौंमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले मेघगर्जन र हावाहुरी चलेको हो । मंगलबार काठमाण्डौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको महाशाखाले जनाएको छ ।

मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने छ । पूर्वी तराईमा हावाहुरी पनि चल्ने भएकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु