गृहपृष्ठ गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वशंजका आधारमा नागरिकता दिन ७७ वटै जिल्लामा परिपत्र गरेको थियो ।
सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहको परिपत्र कार्यन्वयन नगर्न साथै परिपत्र जारी गर्नुको यथोचित कारणसहित उपस्थित हुन सोमबार सरकारलाई आदेश गरेको हो । सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि वैशाख ३ गते बोलाएको छ ।
प्रकाशित समय : १३:१२ बजे


















