nmb bank

गृहपृष्ठ बजेट राम्रो छ, कार्यान्वयन फितलो नहोस् : महन्थ ठाकुर

बजेट राम्रो छ, कार्यान्वयन फितलो नहोस् : महन्थ ठाकुर

बजेट राम्रो छ, कार्यान्वयन फितलो नहोस् : महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले बजेटमा केही कमजोरी रहे पनि समग्रमा राम्रो बजेट आएको बताएका छन् । संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलका क्रममा नेता ठाकुरले भने, ‘बजेट राम्रो त तर चालू आवको बजेटमा पनि कार्यान्वयनको समस्या देखिएको छ, आगामी वर्ष त्यो समस्या नदोहोरियोस् ।’

बजेट कार्यान्वयन हुन सके हुलाकी सडकलगायतका ठूला परियोजनाले गति लिने र त्यसले मुलुकको आर्थिक उन्नतिमा सहयोग पुग्ने उनले बताए । ‘तराई क्षेत्र लक्षित कार्यक्रमहरु पनि धेरै छन्, सरकारले बजेटिङ पनि राम्रै गरेको छ तर कार्यान्वयन फितलो हुँदा नतिजा आएको छैन, अब त्यस्तो नहोस्,’ उनले भने ।

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु