global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हामी नाङ्गै हिँड्दादेखि हुलाकी सडक उस्तै छ : प्रदिप यादव

हामी नाङ्गै हिँड्दादेखि हुलाकी सडक उस्तै छ : प्रदिप यादव

हामी नाङ्गै हिँड्दादेखि हुलाकी सडक उस्तै छ : प्रदिप यादव

सांसद प्रदिप यादवले हुलाकी सडकलाई प्राथमिकतामा सरकारले ठूलो मात्रामा बजेट विनियोजन गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । संसदमा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमाथिको छलफलका क्रममा नेता यादवले भने, ‘हामी कट्टु लगाएर हिँड्न थाल्नुभन्दा अघि देखि नै हुलाकी सडक निर्माणाधीन छ तर अहिलेसम्म सडकको अवस्था जस्ताको तस्तै छ, सरकारले यसपटक मधेसको ढुकढुकीलाई, मधेसको लाइफलाइनलाई प्राथमिकता दिएको छ, यो हाम्रो लागि ठूलो कुरा हो ।’

त्यस्तै, बजेटले एन्टी डम्पिङ ड्युटीको प्रावधान ल्याउनु समग्र मुलुक, उद्योग र जनताका लागि लाभलायक रहेको बताए । ‘अर्थमन्त्रीज्यूले ल्याउनुभएको एन्टी डम्पिङ ड्युटीको जति प्रशंसा गरे पनि पुग्दैन,’ उनले भने, ‘यसले तराई क्षेत्रका उद्योगमात्र नभई समग्र मुलुकको निर्यात व्यापारमै सकारात्मक प्रभाव पर्नेछ ।’

निर्वाचन क्षेत्र विकास कोषका लागि विनियोजित बजेटको पनि सांसद यादवले स्वागत गरेका छन् । ‘निर्वाचन क्षेत्र विकास कोषको रकम आफैं र मनमौजी ढंगले प्रयोग गर्ने होइन, स्थानीय तहसँगकै समन्वयमा प्रयोग हुने हो,’ उनले प्रश्न गरे, ‘यो रकम नहुने हो भने भोट माग्न कसरी जानू ?’ उनले बुद्धिजीवीले बढी बुझेर यसको विरोध गरेको तर्क गरे ।

प्रकाशित समय : १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु