nmb bank

गृहपृष्ठ दुई दिनदेखि दार्चुला अन्धकारमा

दुई दिनदेखि दार्चुला अन्धकारमा

दुई दिनदेखि दार्चुला अन्धकारमा

दार्चुलालाई विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि विद्युत् अनियमित भएको छ । चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो ।

गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् । नेपालको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म पनि मर्मत गर्न नसक्दा पूरै जिल्ला अन्धकारमा छ । भारतबाट आयात गरिएको विद्युत् कटौती गरिएपछि जिल्लावासी झन् समस्यामा परेका हुन् ।

प्राधिकरणका कर्मचारी मीनराज पन्तका अनुसार विद्युत् सुचारु गर्न कर्मचारी पठाइए पनि सामान टुटफुट हुँदा अझै समय लाग्ने बताए । ‘शैल्यशिखर–६ ग्वानीमा विद्युतकाे फल्ट पत्ता लागेको छ । अन्य क्षेत्रमा कस्तो छ भन्ने त्यस क्षेत्रमा लाइन चार्ज गरे मात्रै थाहा हुन्छ,’ उनले भने ।

बजारमा बत्ती नभएपछि स्थानीय मोबाइल चार्ज गर्न भारतीय बजार पुग्न थालेका छन् । ‘धारचुलाका परिचित व्यापारीकहाँ गएर मोबाइल चार्ज गर्नुपरेको छ,’ खलंगाका स्थानीयवासी मंगलसिंह ह्याकीले बताए । पानी पर्दा केही राहत भए पनि गर्मीले अस्पतालका बिरामीसमेत मार्कामा छन् ।

जिल्लाका सञ्चार माध्यम रातिको समयमा बन्द हुने गरेका छन् । विद्युतबाट चल्ने कामकाज ठप्प छ । स्थानीय व्यापारी राजेन्द्र बडुले भने, ‘विद्युत् आपूर्ति नभएर पत्रपत्रिका दुई दिनदेखि छापिएको छैन । बिजुलीको अभावमा फ्ल्याक्स प्रिन्ट, अपसेट, फोटोकपी मेसिन, फोटो स्टुडियोको कामसमेत प्रभावित भएको छ ।’ (रासस)

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु