गृहपृष्ठ सेयर बजार ८ अंकले बढ्यो
सेयर बजार ८ अंकले बढ्यो
सेयर बजार परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ । नेप्सेमा सूचीकृत व्यापारबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ८.३ अंकले बढेको हो । मंगलबार नेप्से सामान्य घटेको थियो ।
बुधबार १६५ कम्पनीको ७ लाख ३८ हजार ४४६ कित्ता सेयर २१ करोड २३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा ९ करोड कम हो । मंगलबार २९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार एनएमबी बैंकको सर्वाधिक २ करो ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो ।
प्रकाशित समय : ००:३२ बजे




















