गृहपृष्ठ सिटिजन्स बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता
सिटिजन्स बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता
सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच बैंकका ग्राहकलाई सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउनेछन् ।
यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाडौं उपत्यकाका चारवटै शाखा कार्यालय (चाबहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड)बाट उपलब्ध हुनेछ ।
सिटिजन्स बैंकले देशभरका ८५ शाखा, ८२ एटिएम र १०२ शाखारहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : ००:४८ बजे




















