global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा स्थापना

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा स्थापना

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा स्थापना

ग्लोबल आइएमई बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरेको छ । बैंकले बुधबार डोटको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला, दोलखाको भीमेश्वर नगरपालिका २ चरिकोट र भैरहवाको सिद्धार्थनगर नगरपालिका १ स्थित विशेष औद्योगिक क्षेत्र परिसरमा शाखा स्थापना गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु–याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर र शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

देशभर ग्लोबल आईएमइ बैंकका १५३ शाखा, ३१ राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, १५० एटिएम तथा १९५ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : ००:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु