global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकहरुलाई टेलिकमको प्रिपेड सिम निःशुल्क

वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकहरुलाई टेलिकमको प्रिपेड सिम निःशुल्क

वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकहरुलाई टेलिकमको प्रिपेड सिम निःशुल्क

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । बिहीबार नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौताले जिएसएम प्रिपेड मोबायल सिम निःशुल्क उपलब्ध गराउने भएको जनाएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताए । उनले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गरे ।

सोही कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बंैकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगत रुपले निकै लाभान्वित हुने बताए । उनले यो सहकार्यबाट दुवै संस्थाले व्यावसायमा समेत ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

बंैकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क रुपमा उपलब्ध गराउने छ । सो सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुने नेपाल टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारी जानकारी दिए ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु