गृहपृष्ठ माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालमा आबद्ध
माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालमा आबद्ध
माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अव मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै मास्टर कार्डसँग आवद्ध भएको बैंकले जनाएको छ ।
अब ग्राहकले माछापुच्छ्रे बैंकका १७० भन्दा बढी एटिएममार्फत नगद निकाल्न र १ हजारभन्दा बढी प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिट्टै नै आफ्ना ग्राहकलाई मास्टर कार्ड जारी गर्नेसमेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भिसा, युनियन पे, मास्टर कार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछ ।
स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याइरहेको माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्ने, क्यूआर कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधि ग्राहकमाझ ल्याइसकेको छ ।
माछापुच्छ्रे बैंकले देशभरका १४४ शाखा, १३७ शाखारहित बैकिङ इकाइ र १७० एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय : २३:०९ बजे




















