गृहपृष्ठ जनता र ग्लोबल आईएमई बैंकबीच एकीकृत वित्तीय कारोबार शुभारम्भ
जनता र ग्लोबल आईएमई बैंकबीच एकीकृत वित्तीय कारोबार शुभारम्भ
जनता र ग्लोबल आईएमई बैंकबीच एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको हुँदा ग्लोबल र जनता बैंक पनि एक आपसमा मिसिन पुगेका हुन् ।
२०६३ सालमा स्थापना भएको ग्लोबल आइएमइ बैंक र २०६६ सालमा स्थापना भएको जनता बैंक एक आपसमा गाभिएपछि बैंकका अध्यक्ष र कार्यकारी निर्देशकको जिम्मेवारी कसले पाउने भन्नेमा सबैलाई जिज्ञासाको विषय बनेको छ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले एकीकृत वित्तीय कारोबार गर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका हुन् ।
यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गरेपछि वित्तीय कारोबारका लागि सहमति पश्चात् आज शुभारम्भ हुन लागेको हो ।
प्रकाशित समय : १५:२६ बजे




















