गृहपृष्ठ ‘क्यान इन्फोटेक २०२०’ फागुन २ गतेबाट हुने
‘क्यान इन्फोटेक २०२०’ फागुन २ गतेबाट हुने
कम्प्युटर एशोसिएसन नेपालको इन्फोटेक २०२० मेला आउदो फागुनबाट हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै क्यानका अध्यक्ष नवराज कुवँरले भृकुटीमण्डपमा हुने सो मेला फागुन २ बाट ७ सम्म सञ्भालन हुने बताए ।
उनका अनुसार सन् १९९२ मा स्थापना भएको (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन भएकोले सबै प्रदेशमा प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
उनले भने, ‘क्यान इन्फोटेक महासंघको फ्ल्यागसिप कार्यक्रम हो । वार्षिकरुपमा आयोजना हुने यो मुलुककै ठूलो मेला तथा प्रदर्शनी पनि हो ।’ भृकुटीमण्डपमा हुने सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी ६ दिनसम्म चल्ने उनले बताए ।
सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने भएको छ । जस अन्तर्गत प्रदेश नं १ को इटहरी, प्रदेश नं. २ को वीरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीयमा प्रर्दशनीको हुने भएको छ ।
प्रकाशित समय : २३:०१ बजे