global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु

‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु

‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु

काठमाडौं । नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो ।
फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ ।

फिल्ममा बिराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहनेछ ।

छायांकन पक्षमा डीओपीको रूपमा महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। एक्सन दृश्यका लागि ईस्टनर सिल्वा र शंकर महर्जनले फाइट कोरियोग्राफी गर्नेछन्। फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतकारमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल रहेका छन् ।

गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ। फिल्मको निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन् ।
वितरणतर्फ उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले जिम्मा लिएका छन् । एक्सन र मनोरञ्जनको भरपूर मिश्रण रहने अपेक्षा गरिएको ‘१२ गाउँ २’ दर्शकमाझ प्रतिक्षा बनेको छ ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु