global ime bank Long Banner Ad

गृहपृष्ठ आगलागीबाट बत्तीस लाख बराबारको क्षति

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगालागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो ।

रौतहकटको देवाही गोनाही नगरपालिका–५ टिकुलीया टोलका  वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब एक लाख ५० हजार  बराबरको क्षति भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा रु पाँच लाख ५० हजार  बराबरको धनमाल जलेको छ ।

यसैगरी, दार्चुलाको  महाकाली नगरपालिका–४ स्थित जसु लुहारको कस्मेटिक पसल र सँगैको चियानास्ता पसलमा आगालागी हुँदा करिब १६ लाख ५० हजार बराबरको धनमाल खरानी भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ र म्याग्दीको मङ्गला गाउँपालिका–२ खुम्लियामा विद्युत् चुहिएर आगो लाग्दा क्रमशः छ लाख र दुई लाख बराबरका सामान जलेका जनाइएको छ ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु