nmb bank

गृहपृष्ठ नारायण बजाज हिमालयन लाइफको अध्यक्षमा नियुक्त

नारायण बजाज हिमालयन लाइफको अध्यक्षमा नियुक्त

नारायण बजाज हिमालयन लाइफको अध्यक्षमा नियुक्त

काठमाडौं । नारायण बजाज हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका छन्।

आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको छ।

यसअघि हिमालयन लाइफको अध्यक्षमा शुभल अग्रवाल रहेका थिए। उनले व्यक्तिगत कारण उल्लेख गर्दै चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए। बाँकी कार्यकालका लागि बजाजलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो। सम्पत्ति शुद्धीकरण मामिलामा अग्रवाल हाल प्रहरी हिरासतमा छन्।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु