nmb bank

गृहपृष्ठ ईरान आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार : विदेशमन्त्री

ईरान आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार : विदेशमन्त्री

ईरान आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार : विदेशमन्त्री FILE - Iranian Foreign Minister Abbas Araghchi listens to a question in a joint press briefing with his Omani counterpart Sayyid Badr Albusaidi after their meeting in Tehran, Iran, Monday, Dec. 30, 2024. (AP Photo/Vahid Salemi,File)

ईरानका विदेशमन्त्री सईद अब्बास अराघ्चीले ईरान पश्चिम एशियामा रहेका अमेरिकी र इजरायली सैन्य ठिकानामाथि मिसाइल आक्रमण आवश्यकतानुसार निरन्तर जारी राख्न पूर्ण रूपमा तयार रहेको बताएका छन । अमेरिकी–इजरायली पक्षले ईरानका मिसाइल प्रतिष्ठानमाथि गरेको आक्रमणले ईरानको प्रतिकार रोक्न असफल भएको अराघ्चीले बताए ।

अराघ्चीले टिप्पणी गरे कि संयुक्त राज्य अमेरिका र इजरायलसँग कुनै ‘व्यावहारिक अन्त्य योजना’ छैन र उनीहरूले अन्धाधुन्ध हमला गर्दै आवासीय क्षेत्र, अस्पताल, विद्यालय र पूर्वाधारलाई लक्षित गरिरहेको उल्लेख गर्दै यसलाई निकै खतरनाक कदमको रूपमा मूल्याङ्कन गरे ।

नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनीको चयनले ईरानको अमेरिकी–इजरायल विरोधी नीतिको निरन्तरता र देशको स्थिरता देखाएको अराघ्चीले बताए । उनले अमेरिकी पक्षसँग पुनः वार्ता गर्ने विकल्प अब ईरानको एजेन्डामा नरहेको र विगतका कडुवा अनुभवका कारण वार्ता पुनः सुरु गर्न नचाहेको पनि बताए ।

अराघ्चीले विश्व ऊर्जा मूल्य वृद्धिलाई अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तेल उत्पादन र ढुवानीमा आएको अवरोधसँग जोडेर व्याख्या गगरे , तर उनले ईरानले होर्मुज जलडमरूमध्य बन्द गरेको छैन र जहाजहरूले सामान्य रूपमा नेभिगेशन गर्न सक्ने अवस्था कायम रहेको स्पष्ट पारे ।

फेब्रुअरी २८ मा, इजरायल र अमेरिकाले तेहरान र अन्य ईरानी शहरहरूमा संयुक्त आक्रमण गरेर ईरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमाण्डर र नागरिकहरूलाई मार्दा ईरानले आफ्नो मिसाइल र ड्रोन प्रणालीमार्फत तुरुन्तै प्रतिकार गरेको थियो । यस द्वन्द्वले मध्यपूर्वमा सुरक्षा संकट उत्पन्न गरेको छ र होर्मुज जलडमरूमध्यमा ढुवानी जोखिमका कारण विश्व तेल आपूर्ति र ऊर्जा बजारमा ठूलो असर परेको छ ।

अराघ्चीका यी टिप्पणीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता भनेका ‘संयुक्त अमेरिकी–इजरायली आक्रमण चाँडै अन्त्य हुने’ दाबीबीच आएका हुन्, जसले द्वन्द्वको तातो स्थिति अझ स्पष्ट बनाएको छ ।

 

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु