nmb bank

गृहपृष्ठ अर्शदीपलाई खेल शुल्कको १५ प्रतिशत जरिबाना तिराउने आईसीसीको निर्णय

अर्शदीपलाई खेल शुल्कको १५ प्रतिशत जरिबाना तिराउने आईसीसीको निर्णय

अर्शदीपलाई खेल शुल्कको १५ प्रतिशत जरिबाना तिराउने आईसीसीको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भारतका फास्ट बलर अर्शदीप सिंहलाई जरिबाना तिराउने भएको छ । मंगलबार आईसीसीले गत आइतबार सम्पन्न न्युजिल्यान्डविरुद्धको फाइनलमा डार्यल मिचेलप्रति आक्रामक रूपमा प्रस्तुत भएको जनाउँदै अर्शदीपलाई खेल शल्कको १५ प्रतिशत जरिबाना तिराउने निर्णय गरेको हो ।

अर्शदीपले फाइनलको ११औँ ओभरमा मिचेलको फितलो प्रहार समाइसकेपछि पनि उनीतर्फ फ्याक्दा डार्यलको खुट्टाको प्याडमा लागेको थियो । आईसीसीले अर्शदीपको यही क्रियाकलाप आचारसंहिताविपरीत रहेको जनाएको हो ।

आईसीसीको आचारसंहितामा कुनै पनि क्रिकेटरमाथि बल फ्याक्ने वा क्रिकेटरविरुद्ध संवेदनशील र आपत्तिजनक क्रियाकलाप गर्न नहुने उल्लेख छ । आईसीसीका अनुसार, अर्शदीपको कार्य यस आचारसंहिताविपरीत भएको हो ।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु