nmb bank

गृहपृष्ठ ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कर्स्टनलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । बोर्डको निर्णयअनुसार कर्स्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

उनी दुई वर्षको सम्झौतामा नियुक्त भएका हुन् । हालै सम्पन्न टी-२० विश्वकप २०२६ मा श्रीलंका सुपर- ८ चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सनथ जयसूर्याले पदबाट राजीनामा दिएका थिए। अब कर्स्टनले उनको स्थान लिनेछन् ।

कर्स्टनको कार्यकालमा श्रीलंकाका लागि सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप हुनेछ, जुन दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ। श्रीलंका त्यस प्रतियोगितामा सिधै छनोट हुने लक्ष्यका साथ तयारी गर्ने बताइएको छ ।

यसअघि टी-२० विश्वकपका क्रममा कर्स्टन नामिबिया टोलीका परामर्श प्रशिक्षकका रूपमा पनि आबद्ध थिए । खेलाडीका रूपमा उनले दक्षिण अफ्रिकाका लागि १०१ टेस्ट र १८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा पनि उनको उपलब्धि उल्लेखनीय छ । उनको प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि भारतीय टोली टेस्ट क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा नम्बर एक स्थानमा पुगेको थियो । त्यसपछि उनले केही समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु