प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा
वि.सं.२०८२ फागुन २६ मंगलवार ०६:१४
shares

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।
यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा ९एमाले०ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
























